चीन भ्रमणबाट फर्किएका मङ्गोलियाका राष्ट्रपति १४ दिने क्वारेन्टाइनमा



ऐजेन्सी । चीन भ्रमणबाट फर्किएका मङ्गोलियाका राष्ट्रपति खाल्टमाजिन बटुल्गालाई १४ दिने क्वारेन्टाइनमा राखिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खस्याङसँगको भेटवार्तामा बटुल्गासहित मङ्गोलियाका विदेशमन्त्री र अन्य सरकारी अधिकारीहरुको टोली चीन पुगेको थियो ।

सो टोलीमा सामेल सबैलाई बिहीबारदेखि चौध दिने क्वारेन्टाइनमा राखिएको मङ्गोलियन सञ्चार माध्यमले जनाएका छन् ।

बटुग्ला र राष्ट्रपति सीबीच कोराना भाइरसको नियन्त्रणका लागि साझेदारीको विषयमा छलफल भएको जनाइएको छ । उक्त भेटमा बटुग्लाले चीनलाई ३० हजारवटा भेडा सहयोग गर्ने घोषणा गरेका थिए ।

हालसम्म भने मङ्गोलियामा कोरोनाभाइरसको संक्रमण भेटिएको छैन ।

प्रतिक्रिया दिनुहोस्