बाँस्कोटा अडियो प्रकरण : मिश्रविरुद्ध बाँस्कोटाले दायर गरे गाली बेइज्जती मुद्दा



न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जति भएको भन्दै मुद्दा दायर गरेका छन् ।

बाँस्कोटाले शुक्रबार आफ्ना प्रतिनिधिमार्फत विजय मिश्रविरुद्ध गाली बेइज्जति मुद्दा दायर गरेका छन् । मिश्रले गत साता बुधबार सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले कमिशन माग गरेको अडियो सार्वजनिक गरेका थिए ।

उक्त टेप सार्वजनिक भएपछि गत साता बिहीबार नै बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्