सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग



सिटिजन्स बैंक इन्टरनेसनलले म्याग्दी जिल्लाको बेनी नगरपालिका — ५ भीरमुनिस्थित पौलस्त्य माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत ५० हजार रुपियाँको आर्थिक सहयोग प्रदान गरेको छ।
उक्त विद्यालयमा अध्ययन गर्दै आएका करिब २५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको हो। त्यस्तै बर्दिबास नगरपालिकाको वार्ड–३, भब्सी, महोत्तरीस्थित राष्ट्रिय आधारभूत विद्यालय भब्सीलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत ८०,०००। को आर्थिक सहयोग प्रदान गरेको छ।सिटिजन्स बैंक इन्टरनेसनलले ९३ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ एकाईबाट करिव पाँच लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्