ठगीको अभियोगमा दुई पक्राउ



काठमाडौं, (नेस)
वैदेशिक रोजगारका लागि फ्रान्स पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा रूपन्देहीको दुधराक्ष घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पूर्णिमा श्रीसलाई प्रहरीले पक्राउ गरेको छ।
वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा प्याकिङ फुड कामका लागि आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पारी श्रीसले विभिन्न मितिमा ३ जनासँग नगद ३८ लाख ५० हजार रुपियाँ लिई सम्पर्कविहीन भएका थिए।
फरार भएको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई तारकेश्वर नगरपालिका–१९ बासुकिनाग मार्ग मनमैजुबाट पक्राउ गरेको हो।
श्रीसलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्