मगर दिवसमा पहिरन उत्सव



सलिम अन्सारी, प्युठान।

अन्य दिनभन्दा बिहिबार बड्डडाडाको माहोल बेग्लै थियो। परम्परागत भेषभूषा र आकर्षक पहिरनमा सजिएका मगर समुदायको जमघट बाक्लो थियो। छिटको गुन्यू,चौबन्दी चोली अनि रातो घलेकी र पटुका। त्यसै माथी खुर्पेटो र हँसिया । निधारमा टीका,पहेलो पोतेमा सिँगारिएका मगर सेनी तथा भोटो, इस्टकोट, कछाड, गलबन्दी, भरकलि लगाएका मगर पुरुषको उपस्थितिले पुरै बजार मगरमय बन्यो। सबैजना मौलिक पहिरनमा चिटिक्क ।

यस्तै, पहिरनमा बड्डडाडा स्थित टुडिखेलमा भेटिएकी सरुमारानी ६ कि कबिता पुनले आफ्नो जातिय पहिरनमा सजिन पाउँदा खुसी लागेको बताउनुभयो। यो हामी मगर जातिलाई चिनाउने आफ्नो पोशाक र चिनारी हो, बिर्सनु त भएन नि ।’ अनि पो संस्कृति बाँचिरहन्छ ।’उहाले भन्नुभयो। उहाले अरू बेला साधारण पोशाक लगाए पनि आफुले चाडपर्व, मेला महोत्सव,शुभकार्य या जमघटका बेला मगर पहिरन नै लगाउने गरेको सुनाउनुभयो। यहाँ दिनभर मगरहरुको उत्सव नै चल्यो ।

कार्यक्रममा उपस्थित मध्ये धेरै आफ्नै पोशाक, चालचलन र शैलीमा देखिए। कोही फोटो खिच्नमा त कोही नाचगान हेर्नमै मस्त थिए । आपसमा रमाइरहेका थिए । कार्यक्रममा मगर समुदायको भेषभूषा तथा झाँकी गीत र नृत्यले दिवशलाई रौनकता थपे ।एक अर्कामा शुभकामना सांटेर मगरहरुले एकता दिवस मनाए । लखन थापालाई समेत उनिहरुले सम्झना गरे। दिवशसँगै भाषा र संस्कृति संरक्षणका लागि सबै जागरुक हुने बेला आएको उनीहरुको भनाई थियो ।

एकता दिवसमा बोल्दै प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले देशभर रहेका यस्ता थुप्रै जातजातिको कला,भाषा,संस्कृति र परम्पराको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो । यस्को जगेर्ना गर्न आफु प्रतिबद्ध रहेको उहाको भनाई छ ।मगर संघ सरुमारानीका सचिब किसन सारु मगरले पछिल्लो समय औपचारिक कार्यक्रम गरेर मगर एकता दिवस मनाउन थालिएको बताउनुभयो ।

’समाजका गन्यमान्य ब्याक्ती तथा गैर मगरलाई समेत बोलाएर दिवसको महत्व दर्शाइरहेका छौँ।’ उहाले भन्नुभयो,’ मगरमा सांस्कृतिक एकरुपता झल्किएको छ, सामाजिक एकतामा अघि बढेको छ । २०३९ साल फागुन १५ गते तनहुँमा नेपाल मगर संघ स्थापना भएको हो । प्युठानमा मगर जातिकोे बाहुल्यता छ ।

प्रतिक्रिया दिनुहोस्