भट्टराईको “ड्रिम गर्ल” विमोचित



साहित्यकार एवम् उपन्यासकार प्रेमबहादुर भट्टराईद्वारा लिखित ‘ड्रिम गर्ल’ नामक उपन्यास विमोचन गरिएको छ। ‘ड्रिम गर्ल’ भट्टराईकोे पहिलो कृति हो। उक्त उपन्यासको मदन पुरस्कार विजेता चर्चित उपन्यास ‘सेतो धरती’का उपन्यासकार अमर न्यौपानेले गर्नुभएको हो। साहित्यमा पुराना कुरा समावेश गरेर नयाँ बनाउँदा रोचक हुने र पुराना विचार, कला, संस्कृति झल्कने, पहिलेका कथा व्यथा, पीडा, संघर्षलाई समेटेर रचना गर्दा उपयुक्त हुने उपन्यासकार न्यौपानेको भनाइ छ।
उपन्यासको समीक्षा लिस्नो साहित्यिक मञ्च लमजुङका संस्थापक अध्यक्ष वसन्त अधिकारीले गर्नुभएको थियो। उहाँले उपन्यासले सामाजिक विकृति र विसंगतिविरुद्धको आवाज उठाउँदै ‘ड्रिम गर्ल’ उपन्यासमा महिलाले आफ्नो जीवन चलाउन अनैतिक काम गर्नुपरेको बाध्यतालाई उतारिएको उहाँले बताउनुभयो। लेखक भट्टराईले आफूलाई सानैदेखि साहित्यमा रुचि रहेकाले पहिलो प्रयासका रूपमा ‘ड्रिम गर्ल’ लेखेको बताउनुभयो। समाजलाई बुझ्दै जाँदा समाजको समस्या संकलन गरेर उपन्यासमा उतारेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्