प्रियंका र आयुष्मानले गरे कानुनी विवाह



न्युज अफ नेपाल, काठमाडौँ ।

चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले बिहिबार कानुनी रुपमा विवाह गरेका छन् । उनीहरुले जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिहे गरेका हुन् ।

यस विवाहमा दुवै पक्षका पारिवारिक सदस्य मात्र सहभागी भएका थिए । केही महिना अघि इङगेजमेन्ट गरेका उनीहरुले मेहेन्दी, संगीत समारोह गरिसकेका छन् । यसैबीच पश्चिमा संस्कृतिलाई पछ्याउदै नायिका कार्कीले थाइल्यान्ड पुगेर ब्याच्लर पार्टी समेत मनाएकी थिइन् ।

यस्तै, कार्कीको नक्कल गर्दै आयुष्मानले समेत पोखरामा ब्याच्लर पार्टी मनाएका थिए । विवाहको कुरालाई लिएर उनीहरुले गर्ने गरेका विभिन्न प्रकारका समारोहलाई कतिले बयान गरेका छन् भने कतिले चटकको रुपमा लिएका छन् ।

उनीहरुको यस्तो कार्यलाई लिएर सामाजीक सञ्जालमा मजाक समेत बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्