‘जनता र मतदातालाई ढाट्ने सरकारले कहिलेपनि काम गर्न सक्दैन’



Minister for Home Affairs Janardan Sharma speaks at the Legislature-Parliament in Kathmandu, on Sunday, July 30, 2017. Photo: RSS

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले नेपाल ट्रष्टले जारी गरेको स्वेतपत्रप्रति आपत्ति जनाएका छन् । बिहीवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै शर्माले श्वेत पत्रमा आफूलाई अनावश्यक रुपमा सामेल गराइएको आरोप लगाएका छन् ।

यस्तै , श्वेतपत्रमा आफ्नो नाम आएको पनि मिडियाबाट थाहा पाएको उनले बताए । आफ्नो नाम सामेल भएपछि तथ्य खोज्न नेपाल ट्रष्टको कार्यालय पुगेका उनले माइन्यूटमा के लेखिएको छ भनेर हेर्न समेत नदिइएको गुनासो गरे ।

शर्माले भने, ‘ट्रष्टको कार्यालयमा गएँ । माइन्यूटमा के लेखिएको छ हेर्न चाहे र निवेदन दिए । तर त्यो दिइएन । ताल्चा लगाएको छ खोल्न मिल्दैन भनियो’ । यस्तै आफू गृहमन्त्री हुँदा ट्रस्ट कार्यालयमा कहिले कहिल्यै नआएको उल्लेख गर्दै उनले भने, ‘कर्मचारी साथीहरुसँग सोधे । म गृहमन्त्री हुँदा ट्रस्ट कार्यालयमा कहिले आएको थिएन । आज त आए । कसरी आयो त मेरो नाम भनेर सोधे । उनीहरुले हजुर त आउनु भएको थिएन, मिटिङ गर्नु भएको थिएन भनेरै भनेको थियौं त्यही । कुनै निर्णय भएको छैन उहाँको पालामा भनेका थियौं भने । ’

‘मैले मुख्य सचिवलाई पनि सोधे । मुख्यसचिव म गृहमन्त्री हुँदा त्यही मन्त्रालयमा हुनुहुन्थ्यो ’ उनले भने,‘ मैले उहाँलाई सोधे । केही निर्णय भएको थियो त भनेर सोधे । उहाँले यो विवरण झुटा हो रु हजुरको पालामा पनि भएन अरुको पालामा पनि भएको थिएन, भन्नु भयो ।’

झुटो विवरण पेश गरिएको भन्दै शर्माले श्वेत पत्र हो कि अश्वेत पत्र भन्दै प्रश्न गरे । उनले भने, ‘श्वेत पत्र भए जस्ताको तस्तै आउनु परो । अश्वेत पत्र भए यो मान्ने कुरा भयो’ उनले भने । २०७४ कात्तिक १३ गते निर्णय भएको भनेर श्वेतपत्रमा आफ्नो पनि नाम परेको तर उक्त मितिमा आफू गृहमन्त्री नै नरहेको शर्माले बताए ।

‘कात्तिक १३ गते होइन असोज ३० गतेबाट गृहमन्त्रीको जिम्मेवारीबाट हटेको छु । असोज ३० गते नै पत्रकार सम्मेलन गरे र विनाविभागीय जिम्मेवारीमा थिए र मन्त्री नै छैन ।’ उनले भने,‘ मन्त्री नै नभएको मान्छेलाई जबरजस्ती नाम लेख्ने कुरा र कर्मचारीले नाम छैन भन्दा भन्दै लेख्नु पर्ने कारण के हो रु’

यस्तै, सरकारले आफूलाई ढाट्न खोजेका बताउदै शर्माले भने, ‘मलाई त ढाट्न सक्छ तर के जनतालाई ढाट्न सक्छ ? जनता र मतदातालाई ढाट्ने किमार्थ सक्दैन’ उनले भने,‘जनता र मतदातालाई ढाट्ने सरकारले कहिलेपनि काम गर्न सक्दैन ।’

नाम हुनुपर्ने मान्छेको नाम नलेखी नहुनुपर्नेको नाम उल्लेख गरेका कारण विश्वासको संकट परेको उनको भनाइ छ । नेता शर्माले आफूलाई यसबारे प्रधानमन्त्री, रक्षामन्त्री र सरकारले जवाफ दिनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्