बियर कम्पनीमा भएको अन्धाधुन्ध गोली प्रहारमा परी ५ काे मृत्यु



वासिङ्टन । अमेरिकाको एक बियर कम्पनीमा भएको अन्धाधुन्ध गोली प्रहारमा परी पाँचजनाको मृत्यु भएको छ ।

मिलौकीस्थित मोल्सोन कुर्स ब्रेविङ कम्पनीमा ५१ वर्षीय पुरुषले अन्धाधुन्ध गोली चलाएका छन् । गोली प्रहार गरेका उक्त व्यक्ति समेत मृत भेटिएको प्रहरीले जनाएको छ । सयाैँको संख्या काम गरिरहेका मानिहरुबीचमा अचानक गोली प्रहार भएको थियो । मिलौकीका मेयर टम बर्रेटले यस घटनालाई सहरकै दुखद् दिन भएको जनाएका छन् ।

घटना किन गराइएको भन्नेबारे अझै खुल्न नसकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्