टीका र लेखराजको नसकिने भो



गायकगायिका दम्पत्ति टीका प्रसाईं र लेखराज गुरुङद्वारा स्वरबद्ध नसकिने भो बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
टीकाकै शब्द र संगीत रहेको गीतमा टीका र लेखराजको साथमा कार्टुन त्र्युका सरोज अधिकारी, आस्मा विश्वकर्मालगायतका कलाकार तथा बाल कलाकारद्वय संस्कार गुरुङ र आरशिना भट्टराईले अभिनय र नृत्य गरेका छन्।
भिडियोमा उनीहरु रमाइलो ढंगले प्रस्तुत भएका छन्। गम्भीर विष्टले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागार्ईंले छायांकन गरेका छन् भने सिलन लम्सालले सम्पादन गरेका छन्।
पछिल्लो समय व्यस्त गायिकाको सूचीमा रहेकी टीकाको योभन्दा पहिले माया लुकी लुकी, कर्के नजरजस्ता गीत हिट छन्।

प्रतिक्रिया दिनुहोस्