फागुन १५ गते सार्वजनिक बिदा



तनहुँ,(नेस)
मगर दिवसको अवसरमा म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले ३८औं मगर दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिको मंगलबार बसेको बैठकको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो। म्याग्दे मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकासमेत हो। सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, संघ÷संस्था, शिक्षण संस्था बन्द रहनेछन्।
२०६८ सालको जनसंख्याअनुसार गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको तथ्यांकमा उल्लेख छ। कुल २२ हजार ५ सय २ मध्ये यस गाउँपालिकामा मगर समुदायको जनसंख्या ७ हजार १ सय ७५ रहेको छ।
नेपाल मगर संघ म्याग्दे गाउँपालिकामा मगर दिवसको अवसरमा भव्य कार्यक्रम समेत राखिएको छ। विविध मौलिक सांस्कृतिक कार्यक्रममा कौराहा, झ्याउरे, पाउँदुरे नाच, मोडल तथा मगर चलचत्रिका नायिकाहरूको समेत बेजोड प्रस्तुति रहने संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्