स्रोत नखुलेको रकमसहित दुई पक्राउ



नेपाल समाचारपत्र, रौतहट ।
सशस्त्र प्रहरीले दुई जनालाई रकमसहित पक्राउ गरेको छ। स्रोत नखुलेको १९ लाख १ हजार १ सय ५० रुपियाँसहित कटहरिया नगरपालिका–६ बगही निवासी २० वर्षीय नवल किशोर साह र भारतको सितामढी जिल्ला बैरगनीया–१४ निवासी २३ वर्षीय सन्नी कुमार पक्राउ परेका छन्।
सशस्त्र प्रहरीको टोलीले भारतबाट रौतहट आउँदै गरेको बीआर०५आर ९४६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई सशस्त्र प्रहरीले चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो।
रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मिपुरस्थित सशस्त्र प्रहरी बल नेपाल बीओपी बेलबिछवाको सशस्त्र प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुबैलाई आवश्यक कारबाहीको लागि सशस्त्र प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्