केका लागि अनुगमन !



लहान, (नेस)
कहिले स्वास्थ्य क्षेत्र त कहिले दूध डेरी उद्योगमा अनुगमन हुन्छ। तर, अनुगमन टोलीले ठोस कारबाही गर्न सकेको छैन।
सिरहाको लहान र सप्तरीको लोकमार्गको बजारमा खाना पकाउने ग्याँसको अभाव भएको छ। जहाँअनुगमनकर्ताको ध्यान पुगेको छैन। उनीहरूलाई जानकारी भएको छ छैन ? यो समस्या समाधान कसले गर्ने ? कहाँबाट यस्तो कालोबजारीको खेल भइरहेको छ ? कतिले सप्तरीमा भएको मुस्लिम भेलाले ग्यासको अभाव भएको बताएका छन्। तर, यसमा कति सत्यता छ ? खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले केही समयअगाडि भएको दूध डेरी र मिनरल वाटरको अनुगमनमा उद्योग सिज ग¥यो। कारबाही नहुँदै ती डेरी र उद्योग खुले।
अर्कातिर सिरहामा अधिकांश अस्पताल नवीकरणबिना चलिरहेको छ। अवैद्य रुपमा पोलिक्लिनिक र झोले क्लिनिक चलिरहेका छन्। यसको अनुगमनका लागि विगत केही महिनाअघि अनुगमन गरिएको थियो।
त्यस वखत अनुगमनमा प्रशासन र स्वास्थ्यकर्मीले रकम चलखेल गरेर फितलो कारबाही गरेको सञ्चारमाध्यमले समाचार प्रसारण गरेपछि अहिले पत्रकारलाई अनुगमनको जानकारी गराइएको पाइँदैन। भ्रष्टाचार गर्नेहरू मिडियादेखि टाढा हुनु स्वभाविक नै हो। तर, अनुगमनकारीले आफू स्वच्छ र सफा रहेको भन्दै अनुगमनलाई दुधालु गाई ठान्नु गलत हो।
खखखखखखख

प्रतिक्रिया दिनुहोस्