‘जंगी अड्डाभित्र हुने भ्रष्टाचार लुक्दैन’



काठमाडौं, (नेस)
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचारमा संलग्न जहाँजो भए पनि नलुक्ने भन्दै संलग्नले उन्मुक्ति पाउन नहुने बताउनुभएको छ। आफू मन्त्री भएको दुई वर्ष पूरा भएको अवसरमा कार्यप्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पोखरेलले यस्तो अभिव्यक्ति दिनुभएको हो।
उहाँले सैनिकभित्रको भ्रष्टाचारका विषयमा जंगी अड्डाले आफैँछानबिन गरिरहेकोले त्यहाँभ्रष्टाचार भए लुक्न नसक्ने जानकारी दिनुभयो। उहाँले जंगी अड्डामा मात्रै नभएर जुनसुकै क्षेत्रमा हुने भ्रष्टाचार सरकारलाई स्वीकार्य नहुने बताउनुभयो।
त्यस्तै, सेनाको जासुसी संयन्त्र पहिलै सक्रिय रहेकोमा अहिले त्यसलाई विस्तार गर्न लागिएको भनाइ राख्नुभयो।
वार्षिक ५ हजारको हारहारीमा शान्ति मिसनमा खटाएकोमा अब १० हजार मिसनमा पठाउने योजना र लक्ष्य रहेको उहाँले प्रस्ट्याउनुभयो।

प्रतिक्रिया दिनुहोस्