वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा अख्तियारको छापा



न्युज अफ नेपाल, वीरगञ्ज ।

वीरगञ्जस्थित यातयात व्यवस्था कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट आएको तीन सदस्यीय टोलीले मंगलबार छापा कारेको हो ।

अनियमितताको उजुरी परेपछि प्रारम्भिक छानवीन गरिएको र केही कागजपत्र अनुसन्धानका लागि ल्याएको अक्तियार कार्यालय हेटौडाले जनाएको छ ।के विषयमा अनियमितताको उजुरी परेको भन्नेबारे अख्तियारले खुलाएको छैन । अनुसन्धान प्रक्रिया पूरा भएपछि मात्रै त्यसबारेमा थप जानकारी दिन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्