विराटनगरमा खुल्यो साढे पाँच करोडको लागतमा डेरी उद्योग



न्युज अफ नेपाल,विराटनगर

प्रदेश १ को राजधानी विराटनगरमा सुुर्योदय मिल्क एण्ड वेभरेज इण्डष्ट्रि प्रालि संचालनमा आएको छ । साढे पाँच करोडको लगानीमा स्थापना भएको सो डेरि उद्योगको दैनिक २० हजार लिटर दुुग्ध प्रशोधनगर्ने क्षमता रहेको छ । डेरी बिज्ञ मनोज यादव,अनुज यादव र बिनोद राठीले संयुक्तरुपमा लगानीगरि सो उद्योग संचालनमा ल्याउनुभएको हो ।

उद्योगले स्थापनाको शुरुआती समयमा ३० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको जनाइएको छ । बुधबार प्रशोधित दुधका साथै दही, ध्यु,बटर र पनिर उत्पादन शुरु गरेको सो उद्योगले क्रमिकरुपमा दुग्धजन्य अन्य खाद्यासामाग्रि समेत उत्पादन गर्ने जनाइएको छ ।

उद्योगको उद्घाटन गर्दे प्रदेश नम्बर एकका मुुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कृषिक्षेत्रलाई उच्च प्राथमिकतामा राखेको वताउनुु भयो । उहाँले प्रदेश नम्बर एक दुुग्ध उत्पादनमा पुुर्ण रुपमा आत्मनिर्भर भइसकेकाले अव दुुग्धजन्य वस्तुु उत्पादनमा समेत आत्मनिर्भर वन्नुुपर्ने र त्यसकालागि प्रदेस सरकार सहयोगगर्न तत्पर रहेको वताउनुुभयो ।

मुख्यमन्त्री राईले, कृषि पशुुपालन तथा दुुग्ध उत्पादनमा वृद्धिगर्न प्रदेश सरकार थप अनुुदानका कार्यक्रम ल्याउन लागेको वताउनुुभयो । प्रदेश सरकार स्थापना भएको शुुरुका वर्षमा दुुग्ध उत्पादनको सहज वजारीकरणगर्दै मिल्क होलिडेको समस्या समेत अन्त्य गरेको उहाँले वताउनुुभयो ।

प्रदेश एकका भुुमिव्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुुर रानाले कृषिलाई व्यावसायिकरणगर्दै त्यसलाई उद्योगसंग जोडनु आवश्यक रहेको वताउनुुभयो । उहाँले आर्थिक क्रान्तिगर्न र रोजगारी सृजनागर्नपनि कृषि लगायतका क्षेत्रलाई बिस्तारित र विकसित गर्दै लैजानुपर्ने जोड दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर विमलकुुमार निर्मल, प्रदेश सभासद् जयराम यादव, नेकपाका नेता गुुरु बरालले गुणस्तरिय दुुग्ध उत्पादनमा डेरि उद्योगहरुले ध्यान पु¥याउनुुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्