विमानस्थलबाट ५८ विद्यार्थी फकाईएकोमा इक्यानको आपत्ती



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले उच्चशिक्षा अध्ययन गर्न साइप्रस जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट ५८ जना विद्यार्थी फर्काइएकोमा आपत्ती जनाएको छ । शिक्षा मन्त्रालयले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) आशयपत्र गलत भएको आशंकामा विभागले विद्यार्थी फर्काएको थियो ।

इक्यानले विद्यार्थी फिर्ता भएको घटनालाई भम्भीर भएको जनाउदै सरकारले ती विद्यार्थीलाई क्षतिपुर्ति दिन माग गरेको छ । शिक्षा मन्त्रालय र अध्यागमन विभागबीच आवश्यक समन्वय अभावको कारण विद्यार्थीहरु मार्कामा परेको आरोप लगाउदै इक्यानका अध्यक्ष प्रकाश पाण्डेले त्यस विषय तत्काल छानविन गर्न माग गर्नुभएको छ ।

सरकारी निकायको समन्वयात्मक व्यवस्थापन कमजोरीका कारण यात्रागर्न नपाई मर्कामा परेका विद्यार्थीलाई पर्न गएको आर्थिक तथा मानसिक क्षतिपूर्ती दिन हामीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अध्यागमन विभागलाई अनुरोध गरेका छौ–इक्यानका अध्यक्ष पाण्डेले भन्नुभयो ।

गएको ८ गते विहान २ बजे बोर्डिङ पास लिएर विमान तर्फ जाने क्रममा अध्यागमन विभागका कर्मचारीले ती विद्यार्थीको एनओसी नक्कली भएको आशंकामा विमानस्थलबाटै फिर्ता गरेको थियो । घटनाको बारेमा जानकारी पाउनासाथ बुधबार शिक्षा मन्त्रालय र विभागका अधिकारीसंग भेटगरी क्षतिपुर्ति मागेका थियौ–पाण्डेले भन्नुभयो । उहाले सो घटनाले गर्दा सरकार प्रतिनै विश्वास गुमेको आरोप लगाउनुभयो ।

यो विषयमा शिक्षा मन्त्रालय समक्ष बारम्बार आग्रह गर्दापनि कतैबाट सुनुवाई नहुँदा निर्दोष विद्यार्थीले समस्या भोग्नु परेको उहाको भनाई छ । ‘यस्ले गर्दा केही दलाल तथा बिचौलियाले फाइदा उठाउँदै नक्कली कागजात बनाएर सोझासाझा विद्यार्थीलाई फसाएको प्रष्ट हुन्छ’–अध्यक्ष पाण्डेले भन्नुभयो ।

तर विभागका अधिकारीसंग भेटगर्ने क्रममा ५८ मध्य ४ जनाको नक्कली एनओसी भेटिएको बताएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । हामीले गलत क्रियाकलाप रोक्न शिक्षा मन्त्रालयबाट जारी हुने एन ओसीलाई यथाशक्य अनलाइन प्रणालीमा लैजान र सम्बन्धित परामर्शदाता वा निवेदकको विवरण समेत समावेशगर्न माग गरेका छौ–अध्यक्ष पाण्डेले भन्नुभयो

यसैबीच इक्यानले आज जारी गरेको विज्ञप्तिमा निर्दोष विद्यार्थीलाई निजले प्राप्त गरेको कागजात परीक्षणगर्ने सम्बन्धित सरकारी निकायको कमजोरीको कारण विद्यार्थी मर्कामा पर्ने अवस्था जायज हुन नसक्ने र यसमा विद्यार्थीको कुनै दोष पनि नदेखिएको उल्लेख छ ।

अन्तर्राष्ट्रिय उडानहरु २४ घण्टा चलिरहने तर सरकारी कार्यालय समय निश्चित समयमा मात्रै कामगर्ने भएकाले कार्यालय बन्द रहेको अवस्थामा यस्ता समस्या दोहोरी रहने निश्चित भएको छ । तसर्थ हामी उक्त घटनाका दोषी (जसले नक्कली कागजात बनाएको छ) त्यसलाई र निजले सेवा लिएको परामर्शदाताको संलग्नता देखिएमा परामर्शदाता समेतलाई कडाभन्दा कडा कारबाही गर्न तथा निर्दोष विद्यार्थीको क्षति भएको हवाई टिकट वापतको रकम निज वा निजले तोकेको परिवारको सदस्य मार्फत् क्षतिपुर्ति दिलाउन सम्बन्धित सरकारी निकाय समक्ष माग गर्दछौं–विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्