सिद्धार्थ सिमेन्टद्वारा निर्माणकर्मीसँग अन्तरक्रिया



काठमाडौं, (नेस)
सिद्धार्थ सिमेन्ट उद्योगले निर्माणकर्मीसँग बृहत् भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना सम्पन्न गरेको छ। उक्त कार्यक्रम पोखरा, तनहुँ, लम्जुङ, बाग्लुङ, बेनी, काठमाडौं तथा भक्तपुर उपत्यकामा गरिएको थियो। कार्यक्रममा सिमेन्टको गुणस्तर र सिमेन्ट उत्पादन गर्दा प्रयोग हूने कच्चा पदार्थ तथा उत्पादन प्रकियाबारेमा अन्तरक्रिया गरिएको थियो।
सोही अवसरमा सहभागिताको अधारमा लक्की ड्र को कार्यक्रम गरिएको थियो। काठमाडौं तारकेश्वर नगरपालिकामा गरिएको कार्यक्रममा नगरप्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल तथा वडा सदस्यहरूबीच भएको कार्यक्रममा सिद्धार्थ सिमेन्ट उद्योगको तर्फबाट निर्देशक राहुल अग्रवालले मन्तव्य राख्दै सिमेन्ट प्रयोग गर्दा गूणस्तरमा ध्यान दिँदै यससँग समावेश गरिने रोडा, बालुवा तथा ढुंगा पनि गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्