१० वर्ष कैद



बेइजिङ, (एजेन्सी)
पूर्वी चीनको एक अदालतले मंगलबार एकजना स्विडेनी पुस्तक बिक्रेतालाई अवैध तरिकाले विदेशमा गोप्य सूचना पठाउने गरेको अभियोगमा १० वर्ष लामो कारावास सजाय सुनाएको छ। यस घटनाले कम्युनिस्ट राष्ट्र चीनले आफ्नो विरोधीमाथि कडा रबैया अपनाउने गरेको अर्को उदाहरण पेस गरेको छ।
गुइ मिन्हाइ २०१५ मा अचानक थाइल्यान्डको समुद्रीतट स्थित उनको घरबाटै बेपत्ता हुँदा उनलाई चिनियाँ एजेन्टले अपहरण गरेको विश्वास गरिएको थियो। हङकङको एउटै प्रकाशन कम्पनीमा काम गर्ने उनीलगायत अन्य चारजना पछि चिनियाँ हिरासतमा भेटिएका थिए।

प्रतिक्रिया दिनुहोस्