ट्याक्टर दुर्घटनामा परी ९ घाइते



दयाराम पण्डित, बाजुरा ।

गौमुल गाउँपालिकाको सिम्धारामा आज (मंगलबार) विहान ट्याक्टर दुर्घटना भएको छ । गौमुल गाउँपालिकाको वडा नं. ६ स्थित निलासेनबाट घट्मुना तर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त ४९९ नम्बरको ट्याक्टर सिमधारा स्थित कच्ची सडकमा दुर्घटना भएको हो ।

ट्याक्टर दुर्घटनामा परी चालक सहित ९ जना घाईते भएको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ । प्रहरीका अनुसार घाईते हुनेमा गौमुल गाउँपालिका ४ कौणाकोट बस्ने ट्याक्टर साहु ४८ वर्षिया तुला बुढा, सोही वडाकै १८ वर्षिया अनुप रोकाया, १९ वर्षिया भुवन बुढा, १५ वर्षिया स्मृती सार्की, १५ वर्षिया सुर्मा सार्की, १६ वर्षिया सरिता सार्की, १७ वर्षिया सरिता सार्की र सोही गाउँपालिका ५ मानाकोटका २८ वर्षिया दिपक रोकाया र सोही गाउँपालिका ६ का २१ वर्षिया ट्याक्टर चालक प्रकाश रोकाया, रहेका छन् ।

ट्याक्टर दुर्घटनामा परेका ८ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको छ भने ट्याक्टर चालक प्रकाश रोकायालाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानवहादुर रोकायाले जानकारी दिुनुुभएको छ । ट्याक्टर सडक भन्दा करिब एकसय मिटर तल खसेको छ । प्रारम्भीक जानकारी अनुसार ट्याक्टर कच्ची ओरोलो वाटोमा नियन्त्रण बाहिर गएर दुर्घटना भएको हो ।

दुघृटनामा परी घाईते हुनेको उपचारको लागि आवस्यक सम्पुर्ण सहयोग गर्न गाउँपालिका तत्पर रहेका अध्यक्ष हरीबहादुर रोकायाले बताउनुुभएको छ ।

घाईत् हुनेमा बढी बिद्यार्थीहरु छन् । कक्षा आठ कक्षको फर्म भर्न फोटा खिच्नका लागि गाउँपालिकाको केन्द्र घट्मुना आउने क्रममा ट्याक्टर दुर्घटना भएको बताइएको छ । बाजुराका दर्जनौं सडक खण्ड मध्ये साँफे –मार्तडी सडकको ५७ किलो मिटर मात्र कालो पत्रे भएको छ ।बांकी आठ वौटै स्थानीय तह मा पुुग्ने ग्रामीण क्षेत्रका सडक खण्डहरु कच्ची छन्। बातावरणीय असर प्रभाव अध्ययन नगरी जथाभावी डोजर प्रयोग गरी सडक खन्दा बढी दुर्घटना हुने देखिएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जंगवहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्