चोरिएका मोबाइल र मोटरसाइकल फिर्ता गर्दै मोरङ प्रहरी



न्युज अफ नेपाल, मोरङ । 

मोरङका विभिन्न स्थानबाट मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि खोजी अभियान जारी राखेको मोरङ प्रहरीले ३ वटा हराएका मोटरसाइकल र एउटा बेवारिसे अवस्थामा रहेको मोटरसाइकल विभिन्न स्थानबाट बरामद गरेको छ ।

कार्तिक २६ गते मध्यरातको समयमा बेलबारी १ स्थित दिनेश खङको घरबाट हराएको को ३५ प ११९२ नं. को मोटरसाइकल फागुन ८ गते बेलबारी ३ बाट मोटरसाइकलसहित सुरज विकलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै माघ २६ गते रातको समयमा सुन्दरहरैंचा ४ खरीगुवास्थित बाबुराम कार्कीको घरबाट चोरी भएको को १३ प १४१२ नं. को मोटरसाइकल माघ २७ गते बरामद गरेको छ ।

चोरीमा संलग्न रहेको आशंकामा सुन्दरहरैंचा चार बस्ने अमिर मोदी र उत्तम चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजहरुले सुनसरी गढी २ स्थित सत्यनारायण चौधरीको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले ती मोटरसाइकल बरामद गरेको हो । संलग्नहरुलाई म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई ।त्यस्तै प्रहरीले मंसिर २९ गते मोरङको लेटाङस्थित प्रबर्धन राईको चोरी भएको को ३३ प ७५२५ नं.को मोटरसाईकल सुरज विकले चोरी गरी इलाम पुर्याई बेचेको अवस्थामा फागुन ८ गते इलामबाट बरामद गरेको छ । चोरी गर्ने विकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । त्यस्तै फागुन ७ गते बेलबारी ३ स्थित बेवारिसे अवस्थामा ईन्जिन नं. जेजेडवाइआरजेजे ५०५४७ चेसिस नं. एमडि२बी४४बीवाइ५जेपीजे०३९९१ भएको १२५ सिसिको मोटरसाईकल बरामद गरेको छ ।

यसैबीच, मोरङ प्रहरीले विभिन्न मितिमा हराएको र खोजतलासीका लागि निवेदन परेका मोवाइलहरु आधुनिक प्रविधिको प्रयोगबाट खोजतलास तथा अनुसन्धान गर्ने क्रममा विरगंज, रौतहट, सिन्धुली, धनकुटा, उदयपुर, झापा काँकडभिटट, सिरहा, सप्तरी, मोरङ, सुनसरी समेतको इलाकाहरुमा फेला पारेको छ । उक्त बरामद गरिएको मोवाईल फोनहरु जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले सम्बन्धित धनीलाई बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्