आफ्नी आमाका लागि बेहुला खोज्दै एक युवती



ऐजेन्सी । विवाह गर्ने उमेर भएपछि आमबुबाले आफना छोराछोरीको लागि योग्य वर वधु खोज्ने गरेका हामी बसैलमर्य थाहा नै छ । विभिन्न पत्रपत्रिकामा समेत विवाहको विज्ञापन नै छापिने गरेको छ ।

तर भारतमा भने एउटा अनौठा घटना भएको छ । भारतकी आश्या वर्मा नाम गरेकी एक युवतिले भने आफ्नी आमाका लागि दुलहाको खाजी गरिरहेकी छन् । यसका साथै वर्माले आफ्ना हुनेबाला पिता ५० वर्षका ह्यान्डसम ,शाकाहारी, मद्यपान नगर्ने र राम्रो तरिकाले स्थापित भएको व्यक्ति हुनु पर्ने उल्लेख गरेकी छन् ।

सामाजीम सञ्जालमा ट्वीट गर्दै उनले आफ्नी आमाको लागि दुलाहा खोजेको जानकारी दिएकी थिइन् । उनको यस्तो अनौठो ट्वीटलाई धेरै मानिसहरुले प्रशंसा गरेका छन भने केहीले आलोचना समेत गरेका छन् ।

ट्वीटसँगै वर्माले आफ्नी आमाको फोटो समेत सेयर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्