हवाई हमला



जेरुसेलम, (एजेन्सी)

इजरायली सेनाले सोमबार आपूmतर्फ रकेट प्रहार गरेको आक्रोशमा सिरिया र गाजा क्षेत्रमा रहेका लडाकू समूह प्यालेस्टाइनी इस्लामिक जिहाद (पिआइजे) विरुद्ध हवाई हमला गरेको छ। आइतबार गाजाबाट दक्षिणी इजरायलमा २० भन्दा बढी रकेट प्रहार गरिएको थियो।

इजरायली सेनाले पिआइजेको आतंककारी स्थानलगायत हतियार विकास केन्द्र तथा दमास्कस जकिको तालिम स्थलहरूमा आक्रमण गरेका छन्। पिआइजेले सिरियामा आप्mना दुईजना लडाकू मारिएको तथा यसको बदला लिइने बताएको छ। गाजाको स्वास्थ्य मन्त्रालयले चार प्यालेस्टाइनी घाइते भएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्