दुईविरुद्ध विशेष अदालतमा मुद्दा दायर



काठमाडौं, (नेस)
हुलाक बचत बैंकको २ करोड ९४ लाख रुपियाँभन्दा बढी हिनामिना गरेको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय, बझाङका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायतलगायत दुई जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सार्वजनिक कोषको रकम हिनामिना गरेको आरोपमा कडायत तथा सोही कार्यालयका पूर्वखरिदार शिवराज उपाध्यायविरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार कडायतले २ करोड ९४ लाख ८९ हजार ९ सय ७१ रुपियाँ ६२ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको छ।

यसैगरी, उपाध्यायले २ करोड २४ हजार ८ सय ६९ रुपियाँ ८२ पैसा भ्रष्टाचार गरेको आरोप अख्तियारको छ। उनीहरूलाई कानुनमा उल्लेख भएबमोजिम कैद तथा बिगो रकम भराउन अख्तियारले अदालतसँग माग गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्