रोयलको जित



काठमाडौं, (नेस)

आयोजक रोयल स्पोर्टस् सेन्ट्रलले प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा सोमबार विजयी शुुरुआत गरेको छ।

ललितपुरको सानागाउँस्थित आयोजक रोयलको कोर्टमा रोयलले बापेकलाई ७१–६१ ले पराजित गर्यो। म्यान अफ द म्याच घोषित रोयलका निश्चल महर्जनले २२ स्कोर गरे। त्यसबापत उनले फ्रेस बाइट्सबाट गिफ्ट भौचर प्राप्त गरे। पहिलो क्वार्टरमा १८–१४ को अग्रता लिएको रोयल दोस्रोमा २०–२४ ले पछि प¥यो। रोयलले तेस्रोमा १९–१२ र चौथोमा १४–११ को अग्रता लिएको थियो।

प्रतियोगिताको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले संयुक्त उद्घाटन गरे। प्रतियोगितामा उपाधि विजेता टोलीले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगद प्रदान गरिनेछ। प्रतियोगितामा १० टिम सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्