एलजी रेड फेयर शुरू



काठमाडौं, (नेस)

एलजीले फागुन ११ गतेदेखि एलजी रेड फेयर ल्याएको छ। जसअन्तर्गत एलजीको सामानको खरिदमा ५० प्रतिशतसम्म छुट हुनेछ।

इनोभेसन फर बेटर लाइफको लक्ष्यसहित एलजीले सधै ग्राहकको लागि इनोभेटिभ घरायसी सामग्री उपलब्ध गराउँदै आएको कम्पनीको दाबी छ। एलजीले टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, भ्याकुम क्लिनर, एयर प्युरिफायर, एसी र डिस्वासर जस्ता सामग्री बजारमा उपलब्ध गराउँदै आएको छ।

यस रेड फेयर अन्तर्गत लक्की ड्र मार्फत बम्पर उपहारमा एक जोडीलाई ताज मेघौली सेराई घुम्ने अवसर पाउनुहुनेछ र हरेक हप्ता लक्की ड्र मार्फत एलजीको अडियो सिस्टम पनि जित्न सक्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्