रक्तदाता समाज रुपन्देहीमा पुनः चौहान



यमलाल भुसाल, बुटवल ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले कृष्ण चौहान क्षत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ।

जसको उपाध्यक्षमा भिष्म केसी, महासचिव उदयराज भट्टराइ, सचिव प्रशन्न श्रेष्ठ, कोषाध्यक्ष तुलसा न्यौपाने सिह, सहकोषाध्यक्ष दिपेन्द्र भण्डारी तथा सदस्यहरू आकाश पन्त, अर्जुन प्रसाद पौडेल, हरप्रिसाद ज्ञवाली, युवराज बन्जाडे, भगवती अर्याल, कमल बहादुर थापा मगर, जानकी नेपाल चयन हुनु भएको छ। एक समारोहका बिच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शनिबार नै पदस्थापन गरिएको निर्वाचन मण्डलका प्रमुख लक्ष्मण क्षेत्रीले बताउनु भयो।
त्य

स अघि प्रदेश नं ५ का अर्थ, पर्यटन, उद्योग समितिका सभापति दधिराम न्यौपानेले आम नागरिकलाई सहज र निःशुल्क रगत उपलब्ध हुने ब्यवस्था सरकारबाट हुने बताउनुभयो।

कार्यक्रममा बालरोग विशेषज्ञ डा.सन्तोष पोखरेल, रोटरी क्लब अफ तिनाउ बुटवलका संस्थापक अध्यक्ष देवि वाग्ले, केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्य, केन्द्रीय उपाध्यक्ष ध्रुव थपलिया, रक्त संचार केन्द्र बुटवलका सदस्य गोपाल ढकाल, लायन्स क्लब डिष्ट्रिक बि २ नेपालका एम्बेसडर अफ गभर्नर कपिल आचार्य, समाजका सचिव भीष्म केसीले रक्तदानको महत्वबारे प्रकाश पार्दै सामाजिक काममा सबै पक्षको योगदान जरुरी रहेको बताउनुभयो।

संस्थाले स्थापना देखि आलसम्म ८ हजार २ सय बढी रगत संकलन गरि वितरण गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्