वृद्ध आमाको हत्यामा छोराको हात



रौतहट, (नेस) ।

रौतहटको दुर्गाभगवती गाउँपालिकामा दुई साताअघि एक वृद्धको हत्यामा उनको छोराको संलग्नता रहेको पत्ता लागेको छ।

गएको माघ २८ गते आफ्नै घरगोठमा सुतिरहेको अवस्थामा हत्या गरिएका ८० वर्षीय फेकन पण्डितको माइला छोरा राजकुमार पण्डितसँग घरायसी झगडा भएको बदलामा हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

दुर्गाभगवती गाउँपालिका-३ देवी पर्साटोल निबासी फेकन पण्डितको अनुहार र टाउकोमा हथौडा र धारिलो हतियार प्रयोग गरी उनकै छोरा राजकुमार पण्डितले हत्या गरेको प्रहरीले जनाएको छ।

कृषि पेसामा आबद्ध रहेका फेकन छुद्मै घरगोठमा बस्दै आएका थिए तर उनको छोरा राजकुमार पण्डित भने दुर्गाभगवती गाउँपालिकाको पिप्रा बजारमा किराना पसल व्यवसाय गर्दै आएका थिए।

पक्राउ परेका आरोपीले समेत घटना आफैँले घटाएको स्वीकार गरिसकेपछि पक्राउ परेका राजकुमार पण्डितकी पत्नीले मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत कारबाही गरी पाऊँ भनी गत ७ गते जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दरखास्त दिएकी छन्।

जिल्ला अदालत गौरबाट पक्राउ परेका पण्डितलाई ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्