धम्म डिजिटलको शुरुआत



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालको स्थविरवाद बुद्धधर्ममा अहिलेसम्म प्रकाशित कृतिहरु अब वेभसाइटबाटै पढ्न सकिने भएको छ।

भिक्षु अस्सजीको संयोजकत्वमा १५ जनाको टोलीले धम्म डिजिटल शुरु गरेपछि सो अवस्था उत्पन्न भएको हो। स्थविरवाद बुद्धधर्मको पुनर्जागरणयताको झन्डै ८० वर्षको अवधिमा प्रकाशित कृति, लेख रचनाहरु पढ्न नयाँ पुस्ताका लागि सहज बनेको संयोजक भिक्षुले बताउनुभयो।

शनिबार ललितपुरको धापाखेलमा आयोजित एक समारोहकाबीच सो वेभसाइटको शुभारम्भ गरिएको थियो। सो अवसरमा सम्बद्ध वक्ताहरुले इन्टरनेटको माध्यमबाट विश्वको जुनसुकै स्थानबाट बसेर बुद्ध धर्मसम्बन्धी किताब पढ्न सकिने अवस्थाले बुद्ध धर्मको विकासमा महङ्कवपूर्ण टेवा पुड्डयाउने धारणा व्यक्त गरेका छन्।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले वेभसाइटको शुरुआत गर्नु हुँदै नेपालमा बौद्ध साहित्यको संरक्षणमा वेभसाइटको निर्माणले महङ्कवपूर्ण योगदान पुड्डयाएको धारणा व्यक्त गर्नुभयो।

वेभसाइटको सञ्चालनले बुद्ध धर्मको क्षेत्रमा हालसम्म प्र्रकाशित कृतिहरुको अभिलेख पनि रहने बताउँदै बुद्ध धर्मका अध्येयता मदनरत्न मानन्धरले भन्नुभयो- ‘बजारमा नपाइएका, पाउन छाडेका, नयाँ पुस्ताको जानकारीमा नआएका सबै कृतिहरु हेर्न सकिनेछ।’

वेभसाइटलाई मोबाइल र ग्याजेट आदि आजको नयाँ प्रविधिअनुरुप हेर्न र पढ्न सक्ने किसिमले निर्माण गरिएको पनि छ। संयोजक भिक्षुका अनुसार वेभसाइटमा अडियो, भिडियो एवं ई लाइब्रेरीको कार्यक्रम राख्ने तयारीमा भइरहेको छ।

वेभसाइटमा अहिले विभिन्न पुस्तक, पत्रपत्रिकाहरुमा प्रकाशित ५ सय लेख राखिएको छ। केही महिनापछि १ हजार लेख्न राख्ने बताउँदै भिक्षु अस्सजीले प्रत्येक वर्ष १ हजार थप लेख वेभसाइटमा राख्ने लक्ष्य रहेको बताउनुभयो।

सो कार्यका लागि क्याप्टेन देवबहादुर रानाले मगर बौद्ध संघको तर्फबाट ३ लाख ५० हजार आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, भिक्षु महानाम र पुर्णरत्न बज्राचार्यसहित परिवारबाट वार्षिक ४५ हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्