टेनिसमा नेपाललाई स्वर्ण



काठमाडौं, (नेस)।

आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको छ। नेपालले पुरुष टिम इभेन्टमा स्वर्ण जितेको प्रशिक्षक कृष्णराज घलेले जनाएका छन्।

इन्डोनेसियाको जकार्तामा भएको प्रतियोगिताको फाइनलमा नेपालले श्रीलंकालाई २–१ ले पराजित गर्दै स्वर्ण जितेको हो। त्यसअघि नेपालले पाकिस्तानलाई २–१, सिरियालाई ३–० तथा सिंगापुरलाई २–१ ले हराएको थियो।

यु–१४ उमेर समूहको प्रतियोगितामा नेपालबाट अकी जुवेन रावत, आरभसम्राट हाडा र प्रणव मानन्धरले प्रतिस्पर्धा गरेका थिए। पहिलो भएको नेपाल अस्ट्रेलियामा मार्चमा हुने वल्र्ड जुनियर टेनिस प्रतियोगिताका लागि छनोट भएको छ। दोस्रो भएको श्रीलंका पनि छनोट भयो।

प्रतिक्रिया दिनुहोस्