बैंक अफ काठमाण्डूको सहज बचत खाता



बैंक अफ काठमाण्डूले २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा बीओके सहज बचत खाता सार्वजनिक गरेको छ। २५ वर्षदेखि सफलतालाई सहज बनाउँदै” भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको उक्त खाता ग्राहकले २५ रुपियाँमा नै खोल्न सक्नेछन्।

उक्त बचत खातामा उच्चतम् ब्याजदरको व्यवस्थासहित थुप्रै निःशुल्क सुविधा रहेका छन। उक्त बचत खाताका विशेषतामा वार्षिक ६ प्रतिशत ब्याजदर, न्यूनतम् मौज्दात २५ रुपियाँ, त्रैमासिक ब्याज भुक्तानी, पहिलो वर्ष निःशुल्क डेबिट कार्डको व्यवस्था, पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङको व्यवस्था, पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ सुविधा रहेको छ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्