सड्चालिस वर्षपछि वृद्धा दिदिबहिनीको पुनर्मिलन



नोम्पेन्ह, (एजेन्सी) ।

क्याम्वोडियामा ९८ र १ सय १ वर्षीया दुईजना दिदीबहिनीको ४७ वर्षपछि पुनर्मिलन भएको छ। तिनीहरुले एकले अर्कालाई सत्तरी दशकको खमेरुजको आतंकको शासनकालमा मृत्यु भइसकेको हुनुपर्ने सोचेका थिए।

स्थानीय एक गैरसरकारी संस्थाका अनुसार ९८ वर्षीया बुन सेनले आफ्ना ९२ वर्षीय भाइपन भेटेकी छिन्। उनले भाइको पनि मृत्यु भइसकेको हुनसक्ने अनुमान गरेका थिए। पोेलपोटको नेतृत्वमा रहेको कम्युनिस्टहरुले क्याम्बेडियामा सत्ताको बागडोर सम्हाल्नु दुई वर्ष अघि अर्थात सन् १९७३ मा ती दिदीबहिनीको अन्तिमपटक भेट भएको थियो।

खमेरुजको शासनकालमा करिब २० लाख मानिसको ज्यान गएको विश्वास गरिएको छ। क्याम्बोडियाको इतिहासको उक्त अन्धकार युगमा थुप्रै मानिसहरु आफ्ना परिवारको सम्पर्कबाट छुटिएका थिए। पोलपोटको सरकारले राष्ट्रमा अधिनायकवाद लाद्न खोज्दा सो स्थिती सिर्जना भएको थियो। सन् १९७९मा ढलेको पोलपोटको शसनकलमै पति गुमाएकी बुन सेन राजधानी नोम पेन्हको सटा कुख्यात स्टंग मिन्चिीमा वसोवास गर्न थालेकी थिइन्।

उनले त्यहाँ जीवनको लामो खण्ड आफ्ना सन्तान पाल्न फोहोरको थुप्रोमा पुनः प्रयोगमा ल्याइन सक्ने कवाडी सामान खोज्दै बिताएकी थिइन्। उनले नोमपेन्हबाट करिब ९० माइल मात्र परको काम्पोग छाम प्रान्तस्थित आफ्नो गाउँको घर पुग्ने आफ्नो सुन्दर सपना रहेको आफ्ना सार्थीहरुलाई बताउने गर्दथे। तर बुढ्यौलीका कारण लामो बाटो हिंड्न नसक्नेलगायतका अन्य थुप्रै कारणले उनी आफ्नो सपना पुरा गर्न असफल रहँदै आएकी थिइन्।

सन् २००४ देखि बुन सेनलाई आवश्यक सहयोग गर्दै आएको स्थानीय एनजीओ क्याम्वोडियन चिल्ड्रेन्स फन्डले अन्ततः उनलार्ई गायँको घर पुग्ने व्यवस्था मिलाइ दिएको हो। त्यहाँ पुगेपछि उनले बल्ल अझै जीवित आफ्नी दिदी बुा चि र भाइ भेटेकी हुन्। बुन चिका पतिलाई पनि पोलपोट शासकले मारिदिएको थियो। आफ्ना १२ जना सन्तानसँग बस्द ैआएकी उनले पनि आफ्नी बहिनी मरिसकेको सोचेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्