कन्ट्रोल सी कन्ट्रोल भीका जनक रहेनन्



वासिङ्टन, (एजेन्सी) । 

यो युग कम्युटरको हो। अहिलेका विश्वमा कम्युटर प्रयोग गर्न नजान्नु भनेको एक प्रकारले अशिक्षित हुनुजस्तै हो। अहिले विश्वमा जसले पनि कम्युटर वा स्मार्टफोन प्रयोग गरेका छन्, उनीहरुले कन्ट्रोल सी (सीटीआरएल प्लस सी) र कन्ट्रोल भी (सीटीआरएल प्लस भी)को प्रयोग गरेकै होला।

कम्प्युटर प्रयोग गर्ने क्रममा यी कीको प्रयोग धरै पटक हुने गर्छ। कुनै पनि एप्सका सामाग्रीको प्रतिलिपी अन्य जुनसुकै एप्समा राख्न सक्ने यो अत्यन्तै प्रचलित की हुन्। यी दुई सर्टकट कीका आविस्कारक सफ्टवेयर इन्जिनियर लरी टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ।

लरी टेस्लरले सन् १९६० मा अमेरिकाको सिलिकन भ्यालीमा कम्युटर इन्जिनियरका रूपमा काम गर्न थालेका थिए। उनले आफ्नो कामलाई सरल बनाउन कम्युटरमा कन्ट्रोल सी र कन्ट्रोल भी कमान्डको विकास गरेका थिए।

लरी टेस्लरले करियरको शुरूका दिनमा धेरै समय जेरोक्स कम्पनीमा बिताएका थिए। जेरोक्समा रहँदै लरीले ती दुई सर्टकट की कमान्डको खोज गरेका थिए। लरीको निधनमा जेरोक्सले ट्विट गरी उनको खोजको सराहना गर्दै दmुख व्यक्त गरेका छन्।

लरी टेस्लर र जन्म सन् १९४५ मा न्युयोर्क शहरमा भएको थियो। उनले क्यालिफोर्नियाको स्टेनफोर्ड युनिभर्सिटीबाट पढाइ पुरा गरेको थिए। स्नातक पुरा गरेपछि लरीले कम्प्युटर प्रयोगलाई सरल बनाउने प्रणाली इन्टरफेस डिजाइनमा विशेषज्ञता हासिल गरेको थियो।

आफनो लामो करियरमा लरीले कयौं टेकफर्मका लागि काम गरे। उनले जेरोक्स पालो अल्टो रिसर्च सेन्टर (पार्क) मा राम्रो समय बिताएपछि स्टिव जब्स आग्रहमा उनी एप्पलमा आबद्ध भएका थिए। उनले एप्पलमा मुख्य अनुसन्धानकर्ताका रूपमा १७ वर्ष बिताएका थिए। एप्पल छोडेपछि लरीले शिक्षा क्षेत्रसँग सम्बन्धित र केही दिन अमेजोन र याहुका लागि काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्