दुर्घटनामा महिलाको मृत्यु



तनहुँ, (नेस)

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाको देउराली थानीगैह्राकी ५५ वर्षीय विष्णुमाया घर्ती रहेकी छन्।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग१ख ९६१८ नम्बरको बसबाट झरेर साइडबाट गन्तव्यतर्फ जाँदै गर्दा सोही बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो।

बसको ठक्करबाट गम्भीर घाइते घर्तीको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको लामिछानेले बताउनुभयो। शव पोस्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ भने थप अनुसन्धानका लागि बसचालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्