अमेरिकी र्‍यापर पप स्मोककाे गोली हानी हत्या



एजेन्सी । पप स्मोकका नामले परिचित अमेरिकी र्‍यापर बशर बराका ज्याक्सनको गोली हानी हत्या गरिएको छ ।

ब्रुकलिनका २० वर्षीय र्‍यापरको हलिउड हिल्समा रहेको एक घरमा बुधबार अपराह्न ४ः३० बजे गोली हानी हत्या भएको हो । हत्या भएको थाहा पाएपछि उनका एक साथीले प्रहरीलाई खबर गरेका थिए ।

हत्या भएका उनको शव पोष्टमार्टमपछि मात्र हत्याको कारण पत्ता लाग्ने लस एन्जल्स प्रहरी विभागले जनाएको थियो । मास्कसहित आएको एक अज्ञात व्यक्तिले हत्या गरेको अनुमान प्रहरीले लगाएको छ ।

घटनाबारे थप अनुसन्धान चलिरहेको लस एन्जल्स प्रहरी विभागले बतायो । पपको यही फेब्रअरी १२ मा नयाँ पप एल्बम ‘मिट दि वो २’ रिलीज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्