शान्ति सुरक्षा मजबुत राख्न गृह सचिवको निर्देशन



नेपाल समाचारपत्र, काठमाडौ ।

गृहसचिव महेश्वर न्यौपानेले बिहीबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ। निरीक्षणका क्रममा गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयबाट भए गरेका काम कारवाहीबारे जानकारी लिनु भएको थियो।

गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर लगायतको निरीक्षण गर्नुभयो। निरीक्षणका क्रममा गृह सचिव न्यौपानेले कमाण्ड सेन्टरबाट ७ वटै प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुखलाई भिडियो कन्फ्रेन्सद्वारा सम्बोधन गर्दै सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न निर्देशन दिनुभयो।

निरीक्षण पश्चात गृहसचिव न्यौपानेलेप्रहरी प्रधान कार्यालयमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधनको क्रममा मुलुकमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने कार्यका साथै आतकंवाद एवम् विध्वंसात्मक गतिविधि नियन्त्रण, अपराध न्यूनिकरण लगायतका गतिविधिहरुमा नेपाल प्रहरी प्राप्त म्यान्डेट अनुसार क्रियाशील रहेको चर्चा गर्दै समाजका विकृति निर्मूल गर्नथप उत्प्रेरित भएर जिम्मेवारी बहन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो।

प्रहरी कर्मचारीहरुले नागरिकलाई गर्ने व्यवहार र उनीहरुप्रतिको प्रतिक्रियाले सरकारको प्रतिबिम्ब प्रस्तुत गर्ने उल्लेख गर्दै गृहसचिव न्यौपानेले भन्नुभयो- ‘हाम्रो व्यवहार, काम गर्ने शैली,सेवाग्राहीलाई सम्बोधन गर्ने तरिका जस्ता कुराहरु थप मर्यादित, सभ्य र सुसंस्कृत हुनुपर्छ।’

नेपाल प्रहरीले सुम्पिएको जिम्मेवारी अनुरुप अपराध नियन्त्रणका साथै समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्न निभाएको भूमिका एवं योगदानको उच्च मूल्याङ्कन गर्दै गृहसचिव न्यौपानेले संगठनको सुधारको लागि सबै सकल दर्जाका प्रहरी कर्मचारीहरुले आ-आफ्नो क्षमता अनुसार जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले नेपाल सरकार तथा गृह मन्त्रालयबाट प्राप्त नीति, कार्ययोजना र निर्देशनलाई पूर्णरुपमा सम्पादन गर्न नेपाल प्रहरी कटिबद्ध रहेको बताउनुभयो।

महानिरीक्षक ज्ञवालीले नेपाल सरकारको दीर्घकालीन लक्ष्य ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई सफल बनाउन नेपाल प्रहरी अझ क्रियाशील, निर्भिक र कर्तव्य पालनामा समर्पित रहेको उल्लेख गर्दै प्रहरी संगठनलाई उत्कृष्ट संस्थाका रुपमा स्थापित गर्नप्रतिबद्ध रहेको बताउनुभयो।

महिला हिंसा र संवेदनशील वर्गविरुद्ध हुने जुनसुकै कसूरलाई कानुनी दायरामा ल्याउन शून्य सहनशिलताको नीतिलाई संगठनले अक्षरस कार्यान्वयन गर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी कर्मचारीको मनोबल र उत्प्रेरणाले संगठन विकासको लागि सामूहिक भावना सहित राज्यले सुम्पिएको जिम्मेवारी निर्वाह गर्न सबै परिचालित हुने बताउनुभयो।

उक्त अवसरमा गृहसचिव न्यौपाने समक्ष प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीको संस्थागत परिचय र विकास क्रम, श्रोत साधनको व्यवस्थापन, शान्ति सुरक्षा र टझाफिक व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धान, प्रहरी कार्यमा प्रविधिको प्रयोग, सूचना तथा संचार प्रविधिको विस्तार, नेपाल प्रहरीले राष्टिझय तथा अन्तर्राष्टिझयस्तरमा उत्कृष्ट भई प्राप्त गरेका सम्मानका विषयहरु, नीतिगत व्यवस्थापन, प्रहरीको अन्तर्राष्टिझय समन्वय र सुरक्षा, अपराध अनुसन्धानमा प्राप्त उल्लेखनीय उपलब्धी, समुदाय-प्रहरी साझेदारीका उपलब्धी, सुरक्षा व्यवस्थापनमा देखिएका चुनौतिहरु, भौतिक पुर्वाधार र साधनस्रोतको अवस्था लगायत नेपाल प्रहरीको भावी रणनीति सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्