थ्रिडी प्रिन्टिङ प्रविधिबाट कृत्रिम बंगारा प्रत्यारोपण



नयाँ दिल्ली, (एजेन्सी)

मुखको क्यान्सरबाट पीडित युवकलाई थ्रिडी प्रिन्टिध्र प्रविधिबाट निर्मित टाइटेनियमको बंगाराको वैकल्पिक हड्डीले जीवनदान दिएको छ। दिल्लीको वसन्तकुन्जस्थित फोर्टिस हस्पिटलका डाक्टर मन्दिप सिंह मल्होत्राले एक वर्षको परिश्रमपछि ३० वर्षीय प्रभजोत सिंहको बंगाराको हाड (मेन्डेबल) को सफल प्रत्यारोपण गरेका हुन्।

डाक्टर मल्होत्राले बुधबार संवाददाता सम्मेलनमा प्रभजोत सात वर्षपछि सामान्य तरिकाले खानपिन गर्न सक्षम भएका हुन्। मुखको क्यान्सरबाट पीडित भएका कुनै बिरामीको बंगारा थ्रिडी प्रिन्टिध्र प्रविधिबाट फेरिएको यो देशको पहिलो घटना भएको ओरल क्यान्सर विशेषज्ञ डा. मल्होत्राले दाबी गरेका छन्।

यो थ्रिडी प्रिन्टिध्र इन्जिनियरिध्रसँगै चिकित्सा विज्ञानको क्षेत्रमा सामञ्जस्यताको पनि अनौठो प्रयोग र यसमा टाइते नियमको मेन्डबल सम्पूर्ण स्वदेशी आधारमा निर्माण गरिएको उनले बताए।

अहिलेसम्म भारतमा अंग प्रत्यारोपणको वैकल्पिक हड्डीका लागि थ्रिडी प्रिन्टिध्र प्रविधिको प्रयोग भइरहेको उक्त कार्यमा आबद्ध थ्रिडी प्रिन्टिध्र प्रविधिका विशेषज्ञ संजय पाठकले बताए। तर, मुखको क्यान्सरबाट पीडित बिरामीको बंगारामा मेन्डेबलका लागि टाइटे नियमलाई वैकल्पिक हड्डीको सफल प्रयोगले चिकित्सा विज्ञान क्षेत्रमा नयाँ मार्ग खोलेको उनले बताए।

टाइते नियमको कृत्रिम मेन्डेबलको निर्माण र सर्जरीमा करिब ६ लाख रुपियाँ खर्च लागेको पाठकले जानकारी दिए। अमेरिकामा यो शल्यक्रियामा कम्तीमा १ लाख ५० हजार डलर खर्च लाग्ने उनले बताए।

दुवै बंगाराको आकार बिग्रेका पीडितहरुको दिल्लीस्थित एम्समा थ्रिडी प्रिन्टिध्र प्रविधिबाट कृत्रिम मेन्डेबलको सर्जरी गरिन्छ। भारतमा मुखको क्यान्सरको बढ्दो घटनालाई ध्यानमा राखी यसको उपचारमा कृत्रिम मेन्डेबलको प्रविधि विकसित हुनुलाई सकारात्मक संकेत मानिएको छ।

प्रभजोत २३ बर्षको उमेरमै मुखको क्यान्सर पीडित भएको डाक्टर मल्होत्राले जानकारी दिए। ६ वर्षसम्म उनको क्यान्सरको उपचारपछि तल्लो बंगाराको हड्डीको थ्रिडी प्रिन्टिध्र प्रविधिको माध्यमबाट लगाउनमा एक वर्षसम्मको प्रयासपछि सफलता प्राप्त भएको हो। प्रभजोतले भने+ ‘शल्यक्रियापछि अब सामान्य तरिकाबाट खानपान गर्न सक्षम भएको छु।’

प्रतिक्रिया दिनुहोस्