नेपाली सेनाको ‘युनिटी जर्नल’ सार्वजनिक



चिरञ्जीवी मास्के, काठमाडौ ।

उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले नेपाली सेनाले पहिलो पटक प्रकाशन गरेको ‘युनिटी जर्नल’को विमोचन गर्नु भएको छ। सो अवसरमा उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले विकास र समृद्धिको अभियानमा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो।

सेना दिवस तथा महा शिवरात्री पर्वको अवसरमा नेपाली सेनाले प्रकाशन गरेको युनिटी जर्नल विमोचन कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले राष्टिय सुरक्षामा सबैको सहभागिताको लागि सरकारले राष्टिझय सुरक्षा सम्बन्धि विश्व विद्यालयको अवधाणा ल्याएको उल्लेख गर्नु भयो।

राष्टिझय सुरक्षा सम्बन्धि विश्व विद्यालयको बारेमा सकारात्मक तथा नकारात्मक बिभिन्न टिप्पणी सुनिएको चर्चा गर्नुहुदै रक्षा मन्त्री पोखरेलले विश्व विद्यालयको आवश्यकता भएर नै सरकारले यसको स्थापनाको लागि अवधारणा अघि बढाएको बताउनु भयो।

उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले राष्टिय सुरक्षाको लागि नेपाली सेना र नागरिकको सम्बन्ध अपरिहार्य रहेको उल्लेख गर्नुहुदै नेपाली सेनाको युनिटी जर्नलमा नागरिकको सहभागिता उल्लेखनिय रहेको बताउनु भयो।

कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति पुर्ण चन्द्र थापाले बन्दुको लागि बिचार आवश्यक हुने बताउनु भयो। विद्यार्थी कालमा आफुले तरवार बलियोकी कलम भन्ने वादविवाद सुनेको स्मरण गर्नुहुदै बन्दुको जीतको लागि पनि कलम आवश्यक हुने उल्लेख गर्नु भयो।

नेपाली सेनाले बन्दुक र बिचारको सहकार्यकै लागि पहिलो पटक युनिटी जर्नलको प्रकाशन गरेको प्रधानसेनापति थापाको भनाई थियो। उहाँले विकास र समृद्धिको लागि नेपाली सेनाले उल्लेखनिय काम गरेको उल्लेख गर्नुहुदै बौद्धिक सहभागिता र सुरक्षा, अर्थ, जलवायु परिर्वतन, अन्तराष्टिझय सम्बन्ध जस्ता कुराको गहनतम अध्यन र खोजको लागि नेपाली सेनाले प्रकाशन गरेको युनिटी जर्नल महत्वपूर्ण हुने बताउनु भयो।

सो अवसरमा प्रधानसेनापति थापाले राष्टिझय सुरक्षाको विषयमा विद्यावारीदी गर्न चाहने नेपाली सेनाका एक जना र गैर सैनिक एक जना गरी दुई जनालाई नेपाली सेनाले छात्रवृत्ति दिने घोषणा समेत गर्नु भएको छ।

युनिटी जर्नलको लागि नागरिक तहबाट समेत अनुसन्धान मुलक लेख रचना आव्हान गरिएको र त्यसमा ९७ वटा लेख प्राप्त भएकोमा ३२ वटा लेखको छनौट गरी युनिटी जर्नलमा प्रकाशन गरिएको जनसम्पर्क तथा सुचना निर्देशनालयका निर्देशक सहायक रथी विज्ञानदेव पाण्डेले बताउनु भयो।

प्राप्त लेखहरुमा विहारी कृष्ण श्रेष्ठको लेख प्रथम, पशुपति नेपालको लेख द्धितिय र गेजा शर्मा वाग्लेको लेख तृतिय भएको थियो। पुरस्कृत लेखलाई दुई लाख, एक लाख र पचासहजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।

दुई सय ४८ पृष्ठको युनिटी जर्नलमा बिभिन्न विषयका १७ वटा अंग्रेजी र १५ वटा नेपाली गरी ३२ वटा अनुसन्धान मुलक लेख प्रकाशन गरिएको निर्देशनालयले जनाएको छ। कार्यक्रममा सहायक रथी विज्ञानदेव पाण्डे, जर्नलका सम्पादकहरुको तर्फबाट प्रा. कमलराजसिंह राठौर र लेखकहरुको तर्फबाट गेजा शर्मा वाग्लेले मनतब्य व्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्