ह्वाइटहाउस च्याम्पियन



काठमाडौं, (नेस)
ह्वाइटहाउस आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा ह्वाइटहाउसले जेभियर इन्टरनेसनललाई ५६–४५ ले पराजित गर्यो  विजेताका विशाल मोक्तान ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए  नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा समृद्धिले तेश्रो स्थानमा चित्त बुझायो । समृद्धिले न्यु जेनिथलाई ७८–६९ ले हरायो । समृद्धिका सोमित गुरुङले २० स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्