एनसेलद्वारा मासिक र साप्ताहिक विजेतालाई नगद पुरस्कार हस्तान्तरण



काठमाडौं, (नेस)

एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत बिहीबार मासिक र साप्ताहिक विजेता ग्राहकहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

ईलामकी गंगामाया राई र रुपन्देहीका टीकाराम बलाल मगरले भाग्यशाली ग्राहक बन्दै जनही १० लाख रुपियाँ जित्नुभएको छ । आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो योजना गत मंसिर १ देखि तीन महिना संचालन गरेको थियो ।

राई यस योजनाअन्तर्गत दोस्रो महिनाको भाग्यशाली मासिक विजेता बन्नुभयो भने मगरले तेस्रो महिनाको मासिक विजेता बन्दै १० लाख रुपियाँ जित्नुभएको हो । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपियाँ नगद र प्रत्येक महिना १० लाख रुपियाँ नगद जित्ने मौका पाएका थिए ।

बिहीबार तीन भाग्यशाली साप्ताहिक विजेता ग्राहकहरूले पनि जनही २ लाख रुपियाँ पुरस्कार ग्रहण गरेको छन् । योजनाको ११ औं हप्ताअन्तर्गत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उरावले जनही २ लाख रुपियाँ जित्नुभयो भने १२ औं हप्ताअन्तर्गत बाराका अरमान देवानले २ लाख रुपियाँ जित्नुभएको छ ।

कलाकार जितु नेपाल र सन्ध्या केसीले बिहीबार एक कार्यक्रममाझ मासिक र साप्ताहिक विजयी ग्राहकलाई नगद हस्तान्तरण गर्नुभएको थियो । यस योजनाअन्तर्गत ६० भाग्यमानी साप्ताहिक विजेता ग्राहकमध्ये ३४ जना ग्राहकहरूले आफ्ना नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने बाँकी ग्राहकहरू प्रमाणिकरण प्रक्रियामा रहेका छन् ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरूले हप्तामा १०० रुपियाँ वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुने यो योजना आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा संचालनमा रहेको थियो । योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने व्यवस्था रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्