शेयर बजारमा चमक, झन्डै ३० अंकले बढ्यो नेप्से



नेपाल समाचारपत्र, काठमाडौं ।

धितोपत्र बजारमा शेयर कारोबार बिहीबार हरियाली बनेका छन् । यसदिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से परिसूचक झन्डै ३० अंकले वृद्धि भएको छ ।
लगातार उकालो लागिरहेको बजारमा नेप्से परिसूचक यसदिन २९ दशमलव ३२ अंकले बढेर १४३४ दशमलव ५७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ५० अंकले वृद्धि भई ३०० दशमलव ४४ विन्दुमा पुगेको छ ।

नेप्से उच्च अंकले वृद्धि हुँदा त्यसको प्रभाव कारोवार रकममा समेत परेको छ । कूल १ सय ८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता शेयर दुई अर्ब ७८ करोड ५० लाख चार हजार ९ सय ८ रुपियाँमा किनबेच भएका छन् । कारोवार भएका कूल १२ मध्ये दुई उपमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर बढेको छ ।

व्यापार ९ दशमलव ८५ र सामूहिक लगानी कोष ० दशमलव शून्य ४ अंकले घट्दा बैंकिङ ७ दशमलव ९, होटल ४९ दशमलव २७, विकास बैंक १० दशमलव शून्य ४, जलविद्युत् १३ दशमलव ९२, वित्त ६ दशमलव ४२, निर्जीवन बीमा ३७४ दशमलव शुन्य १, उत्पादन ९७ दशमलव २६, अन्य ९ दशमलव ०३, लघुवित्त १५९ दशमलव ३२ र जीवन बीमा ३ सय ८५ दशमलव ३९ अंकले वृद्धि भएको छ ।

कारोबारका आधारमा बिहीबार शिवम् समेन्ट लिमिटेड शीर्षस्थानमा रहेको छ । यस कम्पनीको १७ करोड दुई लाख १३ हजार ९५ रुपियाँमा कारोबार भएका छन् ।

बिहीबार बोटलर्स नेपाल तराई कम्पनीले सबैभन्दा धेरै नाफा कमाएको छ । यसका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतको नाफा पाएका छन् । यसैगरी राधी विद्युत् कम्पनीले सबैभन्दा धेरै गुमाएको छ । यसका लगानीकर्ताले ४ दशमलव ३९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्