मु……………



दीपक खनाल

हे प्रभु ! मेरो कस्तो ग्रह बिग्रेको रहेछ ? साढेसाती नै लागेको रहेछ । यत्रो सत्ता र शक्तिमा थिएँ, यस्तो दिन आउला भनेर लागेकै थिएन । मैले कसैलाई होच्याएको, हेपेको, अपमान गरेको थिइन् । मलाई थाहा थियो रकेटमा जतिसुकै माथि उडे पनि झर्नै त पृथ्वीमाताको यही काखमा नै त हो । किनकि मैले मंगलग्रहमा खडेरी जोड्ने हैसियत बनाउन पाएको थिइन ।

मु..का अनेक अर्थ छन् । मु..ख सबैको हुन्छ । यो पेटमा खाने कुरा पु¥याउने मूलद्वार हो । यसैका लागि मिसन, कमिसन मिलाउनुपर्छ । त्यही मिसन, कमिसनको कमाईले पेट भरे पछि त्यसको निकास गर्ने अन्तिम द्धार–म..लद्धार पनि मबाटै बनेको छ । छिन–छिनमा आफैँले गर्ने क्रिया–प्रक्रियाको विरोध गर्नी ?

अन्तरिक्षमा घरबार गर्ने म साम्राज्यवादीको पिछलग्गू थिइन् । म त यही नेपाली आमाको काखमा जन्मेको रुखोसुखो खाएर हुर्केको गरिब नेपालीको छोरो । तर पनि आज किन यस्तरी लाग्यो मेराविरुद्ध दुनियाँ । रोकूँला भन्दा भन्दै सामाजिक सञ्जालमा किन यस्तरी मेराविरुद्ध भइरहेको होला वर्षाका वर्ष शब्दबमको ?

मु..को अर्थ नबुझ्ने अनपढ नकचराहरू, निम्छराहरू आज किन गलत रूपमा मेराविरुद्ध षड्यन्त्र गरिरहेका होलान् ? ‘मु’ ममा उकार लाएर बनेको छ । ‘म’ लाई मेरा गुरुहरूले ‘राम्रो म’ भनेर बालमस्तिष्कमा नै घुसाइ दिनुभयो । सबैलाई राम्रो म भन्दा गर्व लाग्छ । सबैले राम्रो म भन्न पाउने अनि मैले भन्दा गलत अर्थ लगाउने ? त्यो मु… यही राम्रो मबाट त बनेको हो नि ! फेरि मबाटै मेरो, मलाई, हामी बनेको हो नि । म नभई कसरी मेरो, हाम्रो बन्न सक्छ ?

मु..का अनेक अर्थ छन् । मु..ख सबैको हुन्छ । यो पेटमा खाने कुरा पु¥याउने मूलद्वार हो । यसैका लागि मिसन, कमिसन मिलाउनुपर्छ । त्यही मिसन, कमिसनको कमाईले पेट भरे पछि त्यसको निकास गर्ने अन्तिम द्धार–म..लद्धार पनि मबाटै बनेको छ । छिन–छिनमा आफैँले गर्ने क्रिया–प्रक्रियाको विरोध गर्नी ? मु..टु मु बाटै बनेको छ । अस्ति भर्खर मुलुकमा चलेको मुटुको त्यत्रो महिमा अझै सेलाउन पाएको छैन ।

रक्तसञ्चार गरेर प्राणीहरूको जीवन बचाउने मुटुलाई नजरअन्दाज गर्नी ? मुटुरोगीको आत्मबल गिराएर झन् रोगी बनाउनी ? मु..सो । धान खाने र कपडा काट्ने गणेशको बाहन बुद्धिमान मुसोलाई हामी सबैले चिनेकै छौँ । मुख्य । मुख्य काम भनेको हो ।

मुख्यमन्त्री, मुख्य न्यायाधीश, मुख्य अधिकृत,  मुख्यसचिव, मुख्तियार, मुख्यआयुक्त, मुख्य चौतरिया, मुगल सम्राट, मुगु र मुस्ताङ, जिल्ला र मुगु र मुस्ताङ जिल्लाबासी, मुगाको औँठीको आदिको मर्यादा तोड्नी ?

कम्युनिष्ट शासनमा गरिखाने मुसहरलाई निम्छरो ठान्नी ? देश र जनताको काममा मृग्ध भइरहेको मेरो ध्यान भङ्ग गर्नी ? मुङ्ग्रोले हानूँ जस्तो मजाले प्वाँख फिँजाउँदै नाचेर दुनियाँलाई मनोरञ्जन दिइरहेको मुजुर लखेट्नी ? बल्लबल्ल पलाउन लागेको विरुवारुपी कम्युनिष्ट सत्ताको को मुजुरा भाँच्नी ?

नाथे पत्रकारले नै विभिन्न दलाल, तस्कर, माफिया, दलको पैसा खाएर तिनका मुखपत्र निकालेर आफूलाई बडेबडे पत्रकार, सम्पादक भन्दै समाजमा भ्रम छर्ने गरेका छन् । मैले मु..भन्दा कोकोहोलो मच्चाएर आफैँले गर्दै आएको पेसालाई घृणा गर्नी ? राज्य चलाउँदा दिनहुँ यस्ता मुख्य काम कति आउँछन् कति ! मुक्त । जीवनभर मु..क्तिकै लागि जीवन अर्षण गरियो अनि मु..क्त, मु..क्ति भन्न नि नपाइनी ?

जिन्दगीमा दिनदिनै कति विषयमा जुध्न, लड्नपर्छ, मु..काबिला, मु..ठभेड, मु..क्काबाजी, मु..क्कामुक्की, मु..क्का, मु..क्की, मु..क्केवाज, मु…क्याइ, मु..क्याउनु, मु..क्याइनु, मु..कु¥याइ, भन्न नहुनी ? मु..बाट मुँगी, मुसुरोमास भन्ने बुझिन्छ । यसबाट दाल बनाएर खान कति मीठो हुन्छ । अर्काे हो मु..अत्तल । यो भनेको लागेका अभियोगको किनारा नलागुन्जेल पद वा कामबाट हटाइएको वा निलम्बित कर्मचारी हो ।

लोकतन्त्रको नाममा कर्मचारीको सनक चढेको चढै छ । जागीर खाएर दलको झण्डा बोक्नीलाई जतिबेला पनि घोक्रेठ्याक लगाउनुपर्नेहुन्छ । अनि मु..अत्तल र मु..अत्तली भन्न नपाउनू?

हाम्रो पवित्र धार्मिक पर्यटकीयस्थल मु..क्क्तिनाथ यसैबाट बनेको छ । यत्रो शक्ति भएका नाथको अपमान गर्नी ? मु..क्तकारलाई हेप्नी ? यत्रो पद र पावरमा भएको मान्छेसँग मुखामुख लाग्नी ?यति शक्तिशाली मान्छेको मुखबन्द गर्न खोज्नी ? मर्यादा नराखी मुखाले हुनी ? मुखियाको जागिर खाएर विभागीय मन्त्रीसँग फूर्ति लाउनी ? मन्त्री, प्रधानमन्त्रीलाई नमस्कार नगर्नी ? मुरलीको धुन कति सुरिलो हुन्छ ।

देश र जनताको काममा दिनरात खटिएर एकछिन मुरलीको धुनमा हराउँदा नानाभाँती लेख्नी ? कपाल छैन भन्दैमा मुडुले मुडुली भन्दै लैङ्गिक विभेद गर्नी ? मुढो जस्तो दिमाग भएकाहरूले मुलुकका तपस्वी मुनि (ऋषि) हरूको अवमूल्यान गर्नी ? प्रिन्टिङ भनेको नेपालीमा मुद्रण हो गलत अर्थ लगाउनी ?

मुद्रा नभई देश मात्र हैन कसैको मुखमा माड नै लाग्दैन, मुद्रालाई लक्ष्मी भनिन्छ । लक्ष्मीमातालाई ‘आइमाई’ भनेर गाली गर्नी ?अस्ति भर्खर विजय चौधरीले हत्या गरेको मुना कार्कीको आत्माले चीर शान्ति नपाउँदै अशान्त बनाउनी ?

कुनै पनि अपराधमा छानबिन गर्न मुचुल्का गर्नुपर्छ भनेर मुनासिब कुरा गर्दा, तरकारीमा फर्सीको मुन्टा र मुला मीठो लाग्छ भनेर मनको कुरा गर्दा, मान्छे अनुशासनहीन भएर मनलाग्दी मुन्टिनु हुन्न भनेर अर्ती दिँदा, सुन्तलाभन्दा मुन्तला सानो हुन्छ भनेर वैज्ञानिक यथार्थ बताउँदा, आमालाई मुमा भन्दा, जिन्दगीभर जिन्दावाद र मुर्दावाद लगाउने म एक मुमुक्षु हुँ भन्दा, लिम्बूजातिको धर्मशास्त्र मुन्धुम हो भन्दा, मुरी मुरी धन्यवाद दिनुपर्ने ठाउँमा मुरली मकैजस्त्रो दिमाग भएका मुर्दाजस्ता मुर्दार मुन्सीहरूले मुसुमुसु हास्दै मुलुकभरि नै मेरो बेइज्जत गर्नी ?

कति छ कति मु.बाट आउने शब्द । सबै खोजिरहन हप्तौँ लाग्छ । फुर्सदिलो मान्छे कहाँ हुँ र ! नरधमहरूले मलाई खुइल्याउन मेरो बेइज्जत गरेका हुन् । मुत, मुतुवा, मुती, मुताइनु, मुतुनो, मुताउनु, मुताइनु, मुतको न्यानो, मुण्ड, मुण्डन, मुण्डी, मुद्दा, मुद्दती, मुद्रास्फीति, मुस्लिम, मुहार, मुस्लो, मुस्कुराहट, मुहुनी आदि आदि शब्द हुँदाहुँदै मुस्किलले जिन्दगी बाँचिरहेका शब्दका दरिद्र भिखारीहरूले मेरा मुस्कानमाथि नै प्रतिबन्ध लाग्ने गरी मु..भन्यो भन्नी । मेरो नाम लिएर मेरो दल  र मुलुककै बद्नाम गर्नी ?

ग्रह लागेपछि जस्ताले पनि खेद्दा रहेछन् । ओरालो लागेको मृगलाई बाच्छाले पनि हेप्दो रहेछ । मेरो के दोष छ र ! मैले भन्न नहुने के कुरा भनेको छु र ! मु ८४ लाख जीवात्मालाई नै नभई नहुने कुरा हो । म मात्र हैन मेराविरुद्ध खनिनेहरूका बाजे बराजू र उनीहरू पनि त्यहीँबाट आएर यो संसार देख्न पाएका हुन् नि ! मोहीमाग्ने ढुङ्ग्रो लुकाउने, सिरक ओढेर घ्यू खाने टपरट्यूँया ढोंगीहरूलाई पनि त मु…नभई हुँदैनन् नि । यो प्रकृतिको निःशर्त उपहार हो नि !

ओराली लागेको हरिणको चाल भो

निस्वार्थ काम गर्दा नि मरेकै हाल भो

छल गर्यो भाग्यले !! छल गर्यो भाग्यले ! 

प्रतिक्रिया दिनुहोस्