सुनको मूल्यमा नँया कीर्तीमान, तोलाको ७७ हजार ६ सय



न्युज अफ नेपाल, काठमाडौँ ।

बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तीमान बनाएको छ ।

बुधबार तोलाको ७७ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलाको ७७ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रति तोला ७७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै , चाँदी तोलामा १० रुपैँयाले बढेर प्रति तोला ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्