तालिवानसँग सम्झौता हुने



वासिङटन, (एजेन्सी) । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता बोलाउनका लागि तालिवानसँग शान्ति सम्झौता हुने सम्भावना देखिएको बताएका छन्।

अमेरिकाले लामो समयदेखि तालिवानसँग वार्ता गरिरहेको छ र ट्रम्पले यसअघि पनि युद्धग्रस्त देशमा हिंसा घटाउन दुई पक्षबीच भएको वार्तामा प्रगति भएको बताएका थिए। तालिवानसँग वार्ता भइरहेको र सम्झौता हुने अपेक्षा गरेको उनले बताए।

पाकिस्तान र अफगानिस्तान मामिलामा अध्ययन गरिरहेका निर्देशक मार्विन जी बेनबमले अमेरिकाले यसै महिनाको अन्तसम्म तालिवानसँग सम्झौता गर्ने सम्भावना देखिएको बताए।

प्रतिक्रिया दिनुहोस्