इबीए र एनईए फाइनलमा



काठमाडौं, (नेस)

आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) र एनईए दोस्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन्।

धापासीस्थित घरेलु कोर्टमा भएको पहिलो सेमिफाइलनमा इबीएले स्किब्सलाई ३०–२० ले पराजित गर्यो। इबीएको जितमा सुनील मल्लले १७ अंक योगदान गरे।

शुरूका तीन क्वार्टरमा इबीएले १२–७, १०–४ र ६–५ को अग्रता लिएको थियो। चौथो तथा अन्तिम क्वाटर ४–४ को बराबरीमा टुंगियो। दोस्रो सेमिफाइनलमा नारायण पौडेलको १२ अंक सहयोगमा एनईएले नेपाल मोडेललाई २४–२० ले हरायो।

गल्र्सको थ्री बाइ थ्रीमा इबीए ‘ए’ फाइनलमा पुग्यो। पहिलो सेमिफाइनलमा इबीए ‘ए’ ले आफ्नै ‘सी’ टिमलाई १२–७ ले पाखा लगायो। विजेताकी ईशा मगरले ४ स्कोर गरिन्। इबीए ‘ए’ ले उपाधिका लागि इबीए ‘बी’ र नाम्सबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्