वालस्ट्रिट जर्नलका पत्रकारहरु चीनबाट निष्काशित



बेइजिङ, (एजेन्सी)।

जातीय पूर्वाग्रह राखेर आफ्ना भनाइ अघि सारेको आरोप लगाउँदै चीनले वाल स्ट्रिट जर्नलका तीनजना पत्रकारलाई बुधबार देश छाड्न आदेश दिएको छ। ३ फ्रेब्रुअरीमा जर्नलमा प्रकासित लेखमा प्राणघातक कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि चीनबाट भइरहेको प्रयासको आलोचना गरिएको थियो।

चिनियाँ विदेश मन्त्रालयले यस विषयमा उक्त अखबारलाई क्षमयाचना गर्न बारम्बार अनुरोध गरिएको तर त्यसले अस्वीकार गरेको जनाएको छ। उत्तर विचार लेख नलेखेका ती पत्रकारहरुलाई पाँच दिनभित्र चीन छाड्न आदेश दिइएको वाल स्ट्रिट जर्नलले जनाएको छ। सो लेखमा कोरोना भाइरस समस्याप्रतिको चीन सरकारको प्रतिक्रिया गोप्य र स्वसेवा प्रदायक भएको तथा चीनमाथिको विश्वको विश्वासमा विचलन आएको उल्लेख गरिएको थियो।

चीनको विदेश मन्त्रालयका प्रवक्ता जेंग सुआँगले भनेका छन्– ‘लेख जातिवादी तथा चीनले कोरोना भाइरसविरुद्ध गरिरहेको प्रयासलाई हल पार्न खोजिएको छ। चिनियाँ जनताका लागि यस्तो कुरा स≈य हुँदैन।’ देश निकाला गरिएका पत्रकारका नाम भने चीनले सार्वजनिक गरेको छैन। अहिलेसम्म चीनमा कोरोना भाइरस अर्थात् कोभिड – १९ को संक्रमणका कारण २ हजार जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।

तर वाल स्ट्रिट जर्नलले भने यसरी निष्कासित गरिनेमा दुईजना अमेरिकी पत्रकार जोस चीन र चाओ देंग तथा एक अष्ट्रेलियाली पत्रकार फिलिप वेन रहेको पुष्टि गरेको छ। जोस चीन उप ब्युरो चिफ हुन्। अखबारले यस घटना सम्बन्धमा अझै कुनै पनि औपचारिक प्रतिक्रिया व्यक्त गरेको छैन।

बेइजिङस्थित बीबीसीका पत्रकार जोह्न सडवर्थले दुई दशकभन्दा लामो समयपछि पहलो पटक आधिकारिक हैंसियत रहेका पत्रकारहरुलाई चीन छाड्न आदेश दिइएको बताएका छन्। संयुक्त राज्य अमेरिकाले त्यहाँ सञ्चालित पाँचवटा चिनियाँ सञ्चार माध्यमलाई दूतावाससरह व्यवहार गरिने तथा तिनीहरूले त्यहाँका कर्मचारीहरूको दर्ता गर्नुपर्ने तथा सम्पत्तिको विवरण अमेरिकी सरकारलाई दिइनुपर्ने बताएको भोलिपल्टै चीनले तिनीहरुलाई देश निकाला गरेको हो।

यस निर्णयबाट सिन्≈वा समाचार निकाय, चाइना ग्लोबल, टेलिभिजन नेटवर्क र चाइना डेली डिस्ट्रयुविसन कर्पोरेन प्रभावित भएका छन्। यसैगरी गत साता हुवेइ प्रान्तको वुहानमा कारोना भाइरस महामारीबारे समाचार लेखे यता बेपत्ता भएका दुईजना चिनियाँ पत्रकारको अझै अत्तोपत्तो छैन।

यसैगरी जापानमा लामो समयदेखि क्वारेन्टाइनमा राखिएका सयौं व्यक्तिलाई स्वास्थ्य परीक्षणबाट कोरोना भाइरस नेगेटिभ भेटिएपछि क्रुज जहाजबाट बिदा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्