राइनो गोल्डकपमा एफसी विजय युथ विजयी



घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताको बुधबारको खेलमा एफसी विजय युथ हेटौडा विजयी भएको छ ।

विजय युथ हेटौडाले झापा ११ लाई छ एक को फराकिलो गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिताको पहिलो दिनको खेलमा हिमालयन सेर्पा काठमाण्डौंले वीरगंज युथ एकेडमीलाई पाच एकले हराएको थियो ।

त्यसैगरी मंगलबारको दोश्रो खेलमा ईन्दे्रणी एकिकृत विकास केन्द्र पोखराले अभिषेक चर्च नवलपुरलाई पाच दुईको गोल अन्तरमा पराजित गरेको थियो ।

प्रतियोगितामा आयोजक क्लव नवलपुर, नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एपिएफ टोली सहित एडिभिजनका क्लवहरु गरी १० टिमको सहभागिता रहेको छ ।

विहिबार नेपाल पुलिस क्लव र सेन्टर कलेज अफ विएफसी चितवन हुने आयोजक क्लबका प्रचार संयोजक विष्णु अधिकारीले बताउनुभयो । विश्वमै दूर्लभ एक सिङ्गे गैंडा संरक्षणमा जागरण ल्याउने उदेश्यले विगत १६ वर्ष देखि कोल्हुवा क्षेत्रमा फुटवल खेलको आयोजना हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्