इरानमा पनि कोरोना भाइरस भेटिएको पुष्टि, २ जना संक्रमित



ऐजेन्सी । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण पहिलोपटक इरानमा पनि भेटिएको पुष्टि भएको छ । इरानका दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको इरानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार जारी गरेको प्रतिवेदनमा संक्रमित दुई व्यक्ति कुन देशका नागरिक हुन् भन्नेबारे भने नखुलाइएको इरानी समाचार संस्था आईएसएनएले जनाएको छ । इरानको केन्द्रीय प्रान्त कोममा भेटिएका उनीहरूलाई अस्पतालको छुटै भवनमा राखि उपचार गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरसको संक्रमणबाट हालसम्म चीनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्