गुडिरहेको बसमा अचानक आगलागी



एजेन्सी

भारतको झारखण्ड राज्यको पाकुड जिल्लामा बुधबार बिहान एउटा बसमा अचानक आगलागी भएको छ । राँचीबाट पाकुडतर्फ जाँदै गरेको उक्त बस गुडिरहेकै समयमा स्थानीय समयानुसार करिब पौने पाँच बजे बडकियारी गाउँमा पुगेपछि बसमा आगो सल्किएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार बसमा सवार यात्रीले धुँवाको गन्ध महसुस गरेपछि चालकलाई बस रोक्न भनेका थिए । बस रोक्दासम्ममा पछिल्लो भागमा आगो सल्किएको थियो ।

बस रोकेर सबै यात्री बाहिर निस्किएका कारण मानवीय क्षति नभएको बताइएको छ । यद्यपि वारुण यन्त्र आएर आगो नियन्त्रणमा लिनुअघि बस र बसभित्र रहेका सामान जलेर नष्ट भइसकेको थियो ।

बसमा विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । बसको आगोले सडक छेउमा रहेको एउटा घर र पसलमा समेत क्षति पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्