२ सय ५० एकल महिलालाई कुखुरा वितरण 



नेपाल समाचारपत्र, बैतडी।
बैतडी तथा दार्चुलाका एकल महिलाहरूलाई कुखुराका चल्ला वितरण गरिएको छ।
दार्चुलाका ९ वटै स्थानीय तह र बैतडीका मेलौली, शिवनाथ, पञ्चेश्वर, सुुर्नया, दोगडाकेदार र डिलाशैनीका एकल महिलाहरूलाई कुखुरा वितरण गरिएको हो। एक जनालाई २० चल्ला कुखुराका साथै खोर सुधारका लागि ५ हजार नगदसमेत प्रदान गरिएको पशु विकास अधिकृत भट्टले जानकारी दिनुभयो।
एकल महिला ग्रामीण कुखुरापालन कार्यक्रमअन्तर्गत २ सय ५० जना एकल महिलालाई कुखुरा वितरण गरिएको हो। भेटरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले एकल महिलाहरूलाई जीवीकोपार्जनका लागि सहयोग पुगोस् भनेर कुखुरा वितरण गरेको जनाएको छ।
एकल महिलालाई कुखुरापालनका लागि आवेदन आह्वान गरेको र निवेदन दिएका एकल महिलाहरूलाई कुखुरा वितरण गरेको भेटरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टले जानकारी दिनुभयो।
यो वर्ष ३ सय ५० जना एकल महिलालाई कुखुरा वितरण गर्ने लक्ष्य रहेको र अब थप एक सय जनालाई केही दिनभित्रै कुखुराका चल्ला वितरण गरिने भेटरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्